बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो


प्रशासन संवाददाता

४ बैशाख २०७६, बुधबार


नेपालगञ्ज । बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ । कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन् । तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् ।

बीचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेको भन्दै उपचारमा समस्या भएको सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बताए । केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित बालबालिकाले बीचमै औषधि छाड्ने गरेकाले उनीहरु जोखिममा परेका हुन् । उनीहरुलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयं सेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताए ।

सबैभन्दा धेरै कुपोषित बालबालिका जिल्लाको डुडुवा गाउँपालिकामा देखिएका छन् । उपचारका लागि भर्ना भएकामध्ये ८४ जना डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस