महोत्सवमा साढे तीन करोडको कारोवार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महोत्सवमा साढे तीन करोडको कारोवार


४ बैशाख २०७६, बुधबार


दमौली । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा भएको एघारौँ खैरेनीटार महोत्सव साढे तीन करोडको कारोवार गर्दै मङ्गलबार समापन भएको छ ।

चैतेदशैँको अवसर पारेर गत चैत २२ गतेदेखि शुरु भएको महोत्सवमा तीन करोड ४७ लाखको आर्थिक कारोवार भएको महोत्सवका प्रवक्ता हरिबहादुर थापाले जानकारी दिए । उनका अनुसार एक लाख ७९ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । ‘कृषि तथा पर्यटन प्रवद्र्धन, कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने उद्देश्यसहित बजार एकाइ र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो ।

महोत्सवबाट हुने मुनाफाबाट सामाजिक विकास कोष निर्माण गरी उक्त कोषको रकम समाजसेवामा खर्च गरिने बजार एकाइका सभापति पूर्णबहादुर कायस्थले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको प्रस्तुतिका साथै मनोरञ्नात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । महोत्सवको अवसरमा दगाम, भुजिकोट, सिद्धगुफ, धन्दुर गुफा, तीनखोले, भुलभुले, ढोरबाराही मन्दिरको दर्शन अवलोकन तथा पदयात्रा गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस