देशभर हावाहुरीसहितको वर्षाको सम्भावन, सतर्क हुन आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देशभर हावाहुरीसहितको वर्षाको सम्भावन, सतर्क हुन आग्रह


४ बैशाख २०७६, बुधबार


काठमाडौं । देशभर हावाहुरीसहतिको वर्षाको सम्भावना रहेको हुँदा मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

मंगलबार बेलुकादेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । आज पनि देशका अधिकांश स्थानमा ठूलो हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पश्चिमी भूभागमा समान्य बदली र पूर्वी तथा मध्य क्षेत्रका भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा देशका पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वका थोरै स्थानहरुमा मेघ गर्जनसहित चट्याङ तथा हुरी बतास र असिनासहितको वर्षको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस