सिलिन्डर लिक भएर धादिङको थाक्रेमा आगलागी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिलिन्डर लिक भएर धादिङको थाक्रेमा आगलागी


४ बैशाख २०७६, बुधबार


काठमाडौं । धादिङको थाक्रे गाउँपालिकामा सिलिन्डर लिक भएर मंगलबार दिउँसो आगलागी भएको छ ।

थाक्रे गाउँपालिका–५, दामेचौरका स्थानीय इन्द्रबहादुर तामाङको २ तले पक्की घरमा सिलिन्डर ग्यास लिक भएर आगो लागेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आगलागीबाट करिब साढे ५ लाखको क्षति भएको छ । तामाङको घरमा रहेको खाद्य स्टोर र कस्मेटिक पसलका सामान जलेका छन् । मानवीय क्षति भने भएको छैन ।

आगो प्रहरी र स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस