विप्लव समूहका जिल्ला इन्चार्ज ज्वाला जेल चलान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विप्लव समूहका जिल्ला इन्चार्ज ज्वाला जेल चलान


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालालाई जिल्ला अदालतले कारागार पठाएको छ ।

सोमबारको थुनछेक आदेपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि अदालतले ज्वालालाई भीमफेदी कारागार लगिएको हो ।

न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले ज्वालासँग धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाएको हो ।

केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनलाई सोमबार अदालत पेश गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस