काठमाडौंबाट खोटाङको दिक्तेलका लागि छुटेको बस दुर्घटना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौंबाट खोटाङको दिक्तेलका लागि छुटेको बस दुर्घटना


३ बैशाख २०७६, मंगलबार


खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेलका लागि छुटेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।

चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५/२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।

सहचालक ओत हाल्न ओर्लिएकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस