रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते


३ बैशाख २०७६, मंगलबार


चितवन । भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना५ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको वा१९च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन् ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ भने अन्य चारको अवस्था सामान्य छ । ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना राति ११ः४५ बजे भएको हो ।

प्रतिक्रिया दिनुहोस