फ्रान्सको ८५० वर्ष पुरानो चर्चमा भीषण आगलागी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

फ्रान्सको ८५० वर्ष पुरानो चर्चमा भीषण आगलागी


३ बैशाख २०७६, मंगलबार


काठमाडौं । फ्रान्सको ८५० वर्ष पुरानो चर्चमा भीषण आगलागी भएको छ । फ्रान्सको पेरिसस्थित पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा नेपाली समय अनुसार सोमबार राति आगलागी भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चर्चको माथिल्लो भाग खरानी भइसकेको छ ।

चर्चका थप कला कृति क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका भए पनि आगो नियन्त्रणमा हाउन नसकेको बीबीसीले जनाएको छ ।

फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

यद्यपि, जीर्णोदारको काम भइरहेकाले सम्बन्ध आगलागीसँग हुनसक्ने अनुमान गरिएका छन् ।

घटनाबारे पेरिसको अभियोजनकर्ताको कार्यालयले अनुसन्धान थालेको छ ।

आगलागी लगत्तै चर्च पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इतिहासमा क्षति पुगेको भन्दै आगलागी प्रति दुःख व्यक्त गरेका छन् । उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धता जनाएका छन् ।

राष्ट्रपति म्याक्रोनले चर्चमा भएको क्षतिबाट स्तब्ध भएकाहरुलाई सान्त्वना दिँदै भने, ‘यो चर्च हाम्रो इतिहास हो । यसलाई हामी सबै फ्रान्सेली मिलेर पुरानै अवस्थामा पुयाउने छौं’ ।

यो ऐतिहासिक चर्च निकै जीर्ण अवस्थामा पुगेको थियो । अघिल्लो वार्ष मात्रै यसको जीर्णोदारका लागि आर्थिक सहयोग जुटाइएको थियो र काम भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस