आइपीएल : घरेलु मैदानमा मुम्बइ विजयी, बैंग्लोर ५ विकेटले पराजित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आइपीएल : घरेलु मैदानमा मुम्बइ विजयी, बैंग्लोर ५ विकेटले पराजित


३ बैशाख २०७६, मंगलबार


काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमयर लिग (आइपीएल) क्रकेटको ३१ औं खेलमा घरेलु टोली मुम्बइ इन्डियन्स विजयी भएको छ । सोमबारको खेलमा मुम्बइ इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।

वान्खडे क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १७२ रनको लक्ष्य मुम्बइले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको हो ।

मुम्बइको जितमा क्विनटन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३७ रन बनाए । त्यस्तै सूर्यकुमार यादवले २९ र कप्तान रोहित शर्माले २८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले ७५ रन जोड्दा अलीले ५० रन बनाए । पार्थिव पटेलले २८ रन बनाए ।

मुम्बईका लाथिस मालिंगाले ४ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस