सचिव बढुवामा हरि प्रसाद बस्यालको नाम सिफारिस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सचिव बढुवामा हरि प्रसाद बस्यालको नाम सिफारिस


प्रशासन विशेष ब्युरो

२ बैशाख २०७६, सोमबार


काठमाडौँ । रिक्त एक सचिवका लागि बढुवा सिफारिस समितिले एक जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले ज्येष्ठताको आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव हरि प्रसाद बस्याललाई सचिव बढुवाका लागि सिफारिस गरेको उच्च स्रोतले प्रशासनलाई बतायो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुने निश्चित पछि राजीनामा दिएसँगै सचिव पद खालि रहेको छ ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाको निर्णय गर्न सक्ने एक मन्त्रीले बताए ।

वैशाख ४ गते गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलको अनिवार्य अवकाशसँगै थप एक सचिवको पद खालि हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस