आउँदो वर्ष वृद्ध भत्ता बढ्छ : प्रधानमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आउँदो वर्ष वृद्ध भत्ता बढ्छ : प्रधानमन्त्री


१ बैशाख २०७६, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् । उनले खोलौं बैंक खाता अभियान कार्यक्रममा वुद्धभत्ता बढ्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आज आयोजित ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा बोल्दै वृद्धि भत्ता बढ्छ भन्ने सबैलाई थाहा भएको कुरा स्पष्ट पारे।

‘प्रधानमन्त्री ओलीले बजेट नआई भन्न नमिल्ने भए पनि यो लुकाएर लुक्ने कुरा नभएको बताए । उनले भने,‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ ।

प्रधानमन्त्री ओलीले भने, ‘बाआमाहरुले मरिन्छ कि भन्ने कुरा गर्नुभयो, वृद्धभत्ता बढ्दैछ, वृद्धभत्ता बढ्ने कुराले पनि वृद्धवृद्धामा बाँच्ने मनोविज्ञान र आयु बढाएको छ ।’

उनले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने जिकिर गर्दै अपवादमा मात्रै मान्छेहरु विरामी हुने दावी गरे ।

‘बिरामी अपवादमा मात्र हुन सक्छन्, कुपोषणका कारण विरामी, अभावका कारणले विरामी, जानकारीका अभावका कारणले विरामी, रोगलाग्ने वातावरणको सुरक्षाको अभावले विरामी, यस्ता अनेक कारणले हुने विरामी, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर अब विरामी हुँदैनन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस