१३१ वर्षीय जेष्ठ नागरिकको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१३१ वर्षीय जेष्ठ नागरिकको निधन


३० चैत्र २०७५, शनिबार


राजविराज । जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका नेपालकै ज्येष्ठ नागरिक रघु बहरखेरको शुक्रबार १३१ वर्षको उमेरमा निधन भएको छ ।

सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए।

उनी नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै बनाएर पाल्ने पहिलो व्यक्ति रहेको स्थानीयवासीको भनाइ छ । आफ्नो जीवनकालको अधिकांश समय उनले कोशी टप्पुको जङ्गलमै गाईवस्तु, अर्ना पालेर बिताएको घोषिन उत्थान मञ्च नेपालका केन्द्रीय सदस्य सोभितलाल पघैया यादवले बताए । यसैबीच आज उनको कोशी ब्यारेजमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित चाँदनीचोकमा मोटरसाइकल दुर्घटनामा परी आज बिहान एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २० वर्षीय चनेश्वर जोशी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा२६प ६००२ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस