दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते


३० चैत्र २०७५, शनिबार


काठमाडौं । सुनसरीको धरानमा गएराति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति ११ बजे बा २० च ४०७६ नं. को कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुछन् । श्रेष्ठ इटहरी ४ का हुन् भने बुढाथोकी धनकुटाका हुन् । लिम्बुको भने ठेगाना खुलेको छैन ।

मृतक तीनै जना कारमा सवार थिए ।

इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किँदा ५ जना घाइते भएको प्रहरीको पुष्टि छ । घाइतेको नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार कारले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस