निगमको वाइडवडी उडान रद्द घटनामा संलग्न ६ कर्मचारीलाई कारबाही सिफारिस « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

निगमको वाइडवडी उडान रद्द घटनामा संलग्न ६ कर्मचारीलाई कारबाही सिफारिस


प्रशासन संवाददाता

२९ चैत्र २०७५, शुक्रबार


काठमाडौँ। नेपाल वायु सेवा निगमको उडान रद्द भएको विषयमा गठित छानबिन समितिले घटनाका दोषी ६ जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

समितिले उडान रद्द हुँदा ड्युटीमा रहेका नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना कर्मचारी, नेपाल वायु सेवा निगमका दुई जना पदाधिकारी र विमानस्थलमै कार्यरत निगमका अन्य दुई जनालाई कारबाहीको सिफारिस गरेको हो ।

छानबिन समितिका संयोजक तथा सहसचिव बुद्धि सागर लामिछानेको संयोजकत्वको समितिले शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनले यस्तो सिफारिस गरेको हो ।

उडान रद्द हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय नगरेको देखिएकाले विभागीय कारबाही गर्न सिफारिस गरेको समितिले प्रतिवेदनमा उल्लेख छ ।

त्यसै गरी उडान रद्द भइसकेपछि यात्रुहरूको उचित व्यवस्थापनमा तत्काल उपयुक्र कदम नचाल्ने नेपाल वायुसेवा निगमको विमानस्थलस्थित दुई कर्मचारीलाई पनि कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

समयमा ह्यागरबाट पार्किङ वे मा जहाज ल्याउने काममा पनि समन्वयमा कमजोरी देखिएकाले निगमका दुई कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको छ ।

समितिमा मन्त्रालयका सहसचिव लामिछानेसहित निगमका निर्देशक राजेशप्रसाद श्रेष्ठ, वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी र सदस्य सचिवमा प्राधिकरणका उपनिर्देशक विक्रमराज गौतम थिए।

प्रतिक्रिया दिनुहोस