चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ


प्रशासन संवाददाता

२९ चैत्र २०७५, शुक्रबार


घुससहित रंगेहात पक्राउ

मकवानपुर । नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो ।

ज्वालासहित दुईजनालाई हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

उपरीक्षक सिंहका अनुसार प्रहरीले सवारी जाँचका क्रममा मोटरसाइकलमा सवार ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको हो ।

‘सरकारी वकिलसँग सल्लाह गरेपछि कुन मुद्दा लगाउने भन्ने टुङ्गो लगाउँछौंँ’ उनले भने । यसअघि पनि चन्द समूहका चार कार्यकर्तालाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस