समायोजन महाशाखाका सात तस्बिर : जो आफै बोल्छन् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समायोजन महाशाखाका सात तस्बिर : जो आफै बोल्छन्


प्रशासन विशेष ब्युरो

२९ चैत्र २०७५, शुक्रबार


समायोजन

काठमाडौँ । पछिल्लो समय फलामे चिउरा बनेको कर्मचारी समायोजनको सकस अझै सकिएको छैन ।

समायोजन प्रक्रिया टुंग्याएको ‘उधारो घोषणा’ पनि स्वास्थ्य कर्मचारीको सूची सार्वजनिक गरेसँगै ‘फच्र्यौट’ भयो तर समायोजित कर्मचारीका समस्या भने एकपछि अर्को थपिँदै छन् ।

समायोजित निजामती सेवाका कर्मचारीका १० हजार बढी गुनासोहरू दर्ता मात्रै के भएको थियो स्वास्थ्य सेवाका कर्मचारीको सूची सार्वजनिक भयो र वैशाख ५ गतेसम्मलाई गुनासो दर्ता गराउने समय सीमा तोकिएको छ ।

विगतदेखि नै भद्रगोल देखिएको स्वास्थ्य सेवाका कर्मचारीको समायोजनले यति बेला सिँहदरवार तताएको छ । २७ हजार हाराहारीको सूची सार्वजनिक के गरिएको थियो, सबै उर्लेर गुनासो दर्ता गराउन सिँहदरवार आइपुगे । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिनभरजसो भिँड लागेपछि स्वास्थ्य मन्त्रालयमासमेत दर्ता गर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्यका कर्मचारीका दुःख नि ! सिँहदरवारमा देखिएका ४० दृश्य(फोटो फिचर)

समायोजित कर्मचारीको सकससँगै बिहीबार मध्यान्ह सिंहदरबारस्थित कर्मचारी समायोजन तथा सङ्गठन विकास महाशाखामा एउटा दृश्य देखियो । आफ्नै कर्मचारीलाई ढोका बन्द गरेको महाशाखाले प्रहरी नै उ भ्याएर भए पनि सहजरुपमा कर्मचारीलाई भित्र पस्नबाट रोकेको समाचार प्रशासन डटकमले यसअघि नै प्रकाशन गरिसकेको छ

बिहीबार एक अशक्त कर्मचारी जिज्ञासा राख्न भित्र पस्न खोज्दा प्रहरीले रोकेपछि घण्टौँसम्म झ्यालबाटै जानकारी लिने प्रयास गरिरहेका थिए ।

निकै लामो पर्खाइपछि एक कर्मचारीले उनलाई एक मिनेट समय दिए अनि आफ्नो कुरा राखे र यसरी फर्किए ।

हेर्नुहोस् तस्बिर

सरकारकै कर्मचारीले आफ्नो समस्या राख्न झ्यालमा उभिनुपर्ने र बैसाखी टेकेर घण्टौँ उभिँदाको पीडा सायद उनैलाईवाहेक अरूलाई महसुस हुनेछैन अनि तल्लो दर्जाका कर्मचारीहरूको यो अवस्थाबारे शासक/प्रशासकको घैटौमा घाम कहिल्यै लाग्ने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस