वैशाखदेखि बक्स अफिस देशभरका चलचित्र मन्दिरमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैशाखदेखि बक्स अफिस देशभरका चलचित्र मन्दिरमा


प्रशासन संवाददाता

२८ चैत्र २०७५, बिहिबार


काठमाडौं । चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ ।

देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक्ने बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले बताए।

‘पछि सञ्चालनमा आएका नयाँ चलचित्रघरमा त टिकटको जानकारी कम्प्युटरमा नै अपडेट गरिन्छ तर पुराना घरहरुमा प्रभावकारी रुपमा सञ्चालनमा आउन अलि समय लाग्छ’, उनले भने । कम्प्युटर चलाउन नजान्ने चलचित्रघरका कर्मचारीलाई बोर्डले तालीम दिने जानकारी उनले दिए ।

बोर्डले हाल नयाँ सर्भर बनाउनका लागि म्याक्स इन्टरनेशनललाई जिम्मा दिएको छ । म्याक्सले केही दिनपछि नै नयाँ सर्भरलाई कम्प्युटरमा राख्ने काम गर्नेछ । हाल काठमाडौँ उपत्यकाभित्र मात्र बक्स अफिस सञ्चालनमा छ ।

काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी अहिलेसम्म देशभर जम्मा ३९४ चलचित्रघर छन् जसमा हाल २१५ मात्र सञ्चालनमा छन् । चालु आर्थिक वर्ष २०७५/०७६ मा १३ नयाँ चलचित्रघर सञ्चालनमा आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस