चिकित्सकका माग उपयुक्त छैनन् : मन्त्री पण्डित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चिकित्सकका माग उपयुक्त छैनन् : मन्त्री पण्डित


प्रशासन संवाददाता

२८ चैत्र २०७५, बिहिबार


धनगढी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनको विषयलाई लिएर चिकित्सकले उठाएका माग उपयुक्त नभएको बताएका छन् ।

प्रेस क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, ‘चिकित्सकका माग संविधान र संघीयता विरोधी छन् ।’ कर्मचारीका जायज मागप्रति भने सरकार गम्भीर रहेको उनले बताए । मन्त्री पण्डितले समायोजनका विषयमा कर्मचारीले गरेका गुनासाका बारेमा छानबिन भइरहेको जानकारी दिए।

कर्मचारी व्यवस्थापनको काम पूरा गरेर सरकारले आफ्ना काममा गति ल्याउन चाहेको उनको भनाइ थियो ।

मन्त्री पण्डितले चालू आर्थिक वर्षमा जनशक्ति व्यवस्थापनको सबै काम सम्पन्न गरिसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस