भारतमा लोकसभा चुनाव सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा लोकसभा चुनाव सुरु


२८ चैत्र २०७५, बिहिबार


काठमाडौं । भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ ।

पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो ।

चुनावका लागि कुल १ हजार २७९ उम्मेदवार मैदानमा छन् । उनीहरुको फैसला १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले गर्नेछन् ।

यसमा ७ करोड २१ लाख पुरुष र ६ करोड ९८ लाख महिला मतदाता छन् । यी मतदाताका लागि १ लाख ७० हजार मतदान केन्द्र तोकिएका छन् ।

पहिलो चरणमा १० राज्यका सबै सिटमा आज मतदान सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस