दाङमा टेबलटेनिस शुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दाङमा टेबलटेनिस शुरु


२७ चैत्र २०७५, बुधबार


घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको पहिलो दिन आज दाङको घोराहीमा टेबलटेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पूर्वखेलकूद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन गरे ।

सो अवसरमा पूर्वमन्त्री श्रीपाइलीले पूर्वाधार अभाव रहेको कठिन समयमा राष्ट्रिय खेलकूद प्रतियोगिता आफूले प्रदेश नं– ५ लाई हस्तान्तरणको वातावरण मिलाएको बताए । उनले यस बीचमा प्रदेशले खेलकूदका प्रशस्त भौतिक पूर्वाधार निर्माण गरेको बताए ।

राष्ट्रिय खेललाई खेलकूदको महोत्सवका रुपमा लिन उनले खेल आयोजक, खेलाडी र खेलप्रेमीलाई आग्रह गरे। ‘राष्ट्रिय खेललाई देशकै गहनाको रुपमा लिनु पर्छ’, मन्त्री श्रीपाइलीले भने, ‘राष्ट्रिय खेलकूद प्रतियोगिता देशको पहिचान हो । यसको आधारमा राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्छ ।’

टेबलटेनिस प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले भाग लिएका छन् । जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीका अनुसार उक्त खेलमा ५४ महिला र ५४ पुरुष खेलाडीले भाग लिँदै छन् ।

टेबलटेनिस प्रतियोगिता यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ । जिल्लामा टेबलटेनिससँगै बास्केटबल, फुटबल, महिला क्रिकेट, कराते र एथलेटिक्सका खेल हुने छन् ।

प्रतिक्रिया दिनुहोस