सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त


२७ चैत्र २०७५, बुधबार


नेपाली काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गरेका छन्। साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति गोल्छाको मङ्गलबार राति भारतको चेन्नइमा उपचारका क्रममा निधन भएको हो । उनी मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए । स्व गोल्छा वि.सं. २०६४ को संविधानसभामा कांग्रेसका तर्फबाट सभासद् थिए । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत रहेका स्व गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस