सांसद राजेन्द्र लिङ्देनसँग ५० लाख रुपैया फिरौती माग्दै गोली ठोक्ने धम्की « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सांसद राजेन्द्र लिङ्देनसँग ५० लाख रुपैया फिरौती माग्दै गोली ठोक्ने धम्की


२६ चैत्र २०७५, मंगलबार


काठमाडौं । झापा क्षेत्र नं.३ का सांसद राजेन्द्र लिङदेनलाई ज्यान मार्ने धम्की आएको छ । अज्ञात व्यक्तिले फोन गरेर सांसद लिङ्देनलाई ५० लाख रुपैयाँ फिरौती मागेका छन् ।

फोनमार्फत उनलाई ५० लाख रुपैयाँ मागिएको र नदिएमा ज्यान मार्ने धम्की दिइएको छ । सांसद लिङदेनले आफूलाई ५० लाख माग गरिएको र नदिएमा ज्यान मार्ने धम्की आएको बताएका छन् ।

उनले भने, ‘५० लाख नदिए ज्यान मार्ने धम्की आएको छ । प्रहरीलाई खबर गरेको छु । सबै कुरा गर्दा प्रहरीलाई अनुसन्धानमा अफ्ठेरो पर्न सक्छ ।’

‘के कसैले ५० लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? के मलाई गोली हनाउन ५० लाख खर्च गर्ने कोही होलान त ?’, उनले प्रश्न गरे, ‘ के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिंडछ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसंग होला ?’

उनले त्यस्ता धम्कीवाट आफु बिचलित नहुने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस