काठमाडौं महानगरपालिकाभित्र राति दश बजेसम्म गाडी चल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौं महानगरपालिकाभित्र राति दश बजेसम्म गाडी चल्ने


२६ चैत्र २०७५, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिका भित्र राति दश बजेसम्म गाडी चल्ने भएको छ । महानगरपालिकाले सार्वजनिक यातायातका साधन अब देखि राति दश बजेसम्म अनिवार्य सञ्चालन गर्ने भएको हो ।

महानगरपालिकाको चौथो नगर अधिवेशनले स्वीकृत गरेको सवारी तथा यातायात व्यवस्थापन ऐन,२०७५ अनुसार महानगरपालिकाभित्र सञ्चालन हुने सवारी साधन बिहान ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कात्तिकदेखि माघसम्म बिहान ५ बजेदेखि राति ९ बजेसम्म र अरु महिना ५ बजेदेखि १० बजे सम्म सार्वजनिक यातायात सञ्चालन गरिने छन् ।

आबको १५ दिनभित्र ऐन प्रमाण्ीकरण भई राजपत्रमा प्रकाशित भएपछि राती १० बजेसम्म अनिवार्यरुपमा यातायात सञ्चालनमा आउने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस