भिरबाट लडेर एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भिरबाट लडेर एकको मृत्यु


२६ चैत्र २०७५, मंगलबार


ओखलढुङ्गा । ओखलढुङ्गामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–७, विगुटारका ३३ वर्षीय लाक्पा दावा शेर्पाको लडेर मृत्यु भएको हो ।

सोमबार दिउँसो घरबाट गाउँतर्फ जाँदै गरेका लाक्पा दोल्पु भीरबाट लडेर घाइते भएका थिए। बाटोबाट करिब १ सय मिटर तल खसेर गम्भीर घइते भएका उनलाई ओखलढुंगाको मिसन अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा राति करिब साढे ८ बजे लाक्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस