२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँमा युवाशक्ति पातलिँदै

अ+ अ-

रुकुम । राहदानी बनाएर तेस्रो मुलुक जानेको सङ्ख्या वर्षेनी बढ्दो छ । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व) बाट दिनमा दर्जनौ युवा विदेशिइरहेका छन् ।

जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा धेरै छन् । कामको खोजीमा युवा भारत तथा तेस्रो मुलुक जाने क्रम नरोकिँदा वृद्धवृद्धा, केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन् । देशमै रोजगारको सिर्जना नहुँदा जति पढेलेखे पनि विदेश जानुपर्ने बाध्यता रहेको जानकार बताउँछन् ।

जिल्लाका युवाको ठूलो हिस्सा श्रमका लागि अमेरिका पुगेका छन् । खाडी मुलुक साउदी, कतार, मलेशियालगायतका देशमा जाने युवाको जमातसमेत उत्तिकै छ । वैदेशिक रोजगारका लागि युवा मुग्लानतिर लागेपछि विकास निर्माण, सामुदायिक अभियानदेखि परम्परा, संस्कारसमेत प्रभावित बनेका छन् । खेतीपातीको काम पनि निकै प्रभावित भएको छ ।

गाउँमा जनशक्ति नहुँदा खेती लगाउन छाडेका जग्गा बाँझिदै गएका छन् । मन्त्रिपरिषद्को बैठकले रुकुम (पूर्व) लाई गत वर्ष भदौ ५ गते छुट्टै जिल्लाको रूपमा मान्यता दिएको थियो भने असोज १९ गते जिल्ला प्रशासन कार्यालयलगायत अन्य कार्यालयको उद्घाटन गरिएको थियो । यस अवधिमा कार्यालयको तथ्याङकअनुसार एक हजार ९५५ ले राहदानी लिएका छन् । यस आर्थिक वर्ष सकिने बेलासम्म जिल्लाबाट राहदानी लिनेको सङ्ख्या दुई हजार ५०० नाघेको अनुमान कार्यालयले गरेको छ ।

विदेश जाने अधिकांश २० देखि ३५ वर्ष उमेरसमूहका युवा रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । “पछिल्लो समयमा राहदानी बनाउन आउने महिलाको सङ्ख्यासमेत बढेको छ”, प्रजिअ शर्माले भने, “जिल्ला प्रशासनको तथ्याङ्कअनुसार २०७४ मा एक हजार १२७ ले राहदानी बनाएका छन् । यस वर्षको फागुनसम्मको तथ्याङ्क हेर्ने हो भने ८२८ ले राहदानी लिएका छन् ।” कार्यालयबाट दैनिक आठ देखि १० जनाले राहदानी लिने गरेको उनको भनाइ छ । जिल्लाबाट महीनामा २५/३० को सङ्ख्यामा राहदानी बनाएर काम खोज्दै अन्य मुलुक जाँदा गाउँ सुनसान बन्दै गएको हो ।

युवा पलायनको योे दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिँदै गएको पुष्टि हुन्छ । चुनाव जितेका जनप्रतिनिधिले समेत युवालक्षित स्वरोजगारका कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको युवाहरुको गुनासो छ । सिस्ने गाउँपालिकाका स्थानीयवासी भाष्कर रेउलेले स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरु चुकेको बताए ।

असिनाले हिउँदेबाली नष्ट

विभिन्न स्थानमा परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । जिल्लाको अधिकांश ठाउँमा दोस्रोपटक परेको असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूललाई ठूलो क्षति पुर्‍याएको छ ।

यस वर्ष समय–समयमा हिउँदे वर्षा हुँदा हिउँदे बालीको उत्पादनमा वृद्धि हुने आशामा बसेका किसान चिन्तित बनेका छन् । असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूलमा ठूलो क्षति पु¥याएको किसान टेकप्रसाद रोकाले बताए । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँबाली राम्रो भएको थियो”, किसान रोकाले भने, “खेतबारी नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप बनाइदियो ।” पाक्नै लागेको गहुँबाली र फुल्नै लागेका फलफूलमा असिनाले ठूलो क्षति पुर्‍याएको किसान बताउँछन् ।

फुल्दै गरेको सुन्तला, मौसम, कागती, आलुबखडा, नास्पातीलगायतका सबै फलफूलमा क्षति पु¥याएको छ । त्यसैगरी गहुँ पाक्नै लाग्दा असिना परेपछि उत्पादनमा कमी आउने भन्दै जिल्लावासी चिन्तित बनेका छन् । सिस्ने गाउँपालिका–५ का किसान प्रकाश विसी भन्छन्, “‘नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छ बाबुको अनुहार’ भनेजस्तै पसिना बगाउँदै परिश्रम ग¥यो, फल पाउने बेलामा सबै असिनाले लगिदियो ।” कृषिमै निर्भर रहेका जिल्लावासी चैतभित्र दुई पटक परेको असिनाले बालीनालीमा क्षति पुर्‍याउँदा निराश बनेका हुन् ।

जिल्लामा कूल क्षेत्रफलको चार हजार २०० हेक्टर क्षेत्रफल जमीनमा गहुँ उत्पादन हुँदै आएको छ भने सिस्ने गाउँपालिकाको ७ र ८ नं वडालाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । तर यहाँका कुनै पनि किसानले बाली बीमा गरेका छैनन् । त्यसैले वर्षेनी विभिन्न कारणले बालीनालीमा क्षति पुगे पनि किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । किसानले बाली बीमा नगरेकै कारण क्षतिपूर्ति पाउन नसकेको कृषि शाखा कार्यालय रुकुमकोटले जनाएको छ ।