घुस लिएको अभियोगमा नासुविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको अभियोगमा नासुविरुद्ध मुद्दा दायर


२४ चैत्र २०७५, आइतबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा कार्यरत नायब सुब्बा लक्ष्मणबहादुर चन्दविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भन्सारबाट आयात हुने चामललगायत अन्य सामानको प्रज्ञापनपत्र बनाइदिने तथा भन्सार परीक्षणमा सहजीकरण गरिदिने भन्दै नायब सुब्बा चन्दले सेवाग्राहीसँग रु ५२ हजार घुस लिएको आरोप लागेको छ ।

आयोगको टोलीले केही दिन पहिलेमात्रै घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस