कुटपिटबाट एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कुटपिटबाट एकको मृत्यु


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालिमाटी तरकारी बजारमा भारी बोक्ने काम गर्दै आएका हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुषको कुटपिटबाट आइतबार दिउसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय बोल्न नसक्ने पुरुषसँग झगडा भई कुटपिट हुँदा दुबै जना घाइते भएकाले उपचारको लागि वीर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कुटपिटमा संलग्न घाइतेलाई उपचार पश्चात् महानगरीय प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस