भाइको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भाइको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ


२४ चैत्र २०७५, आइतबार


सिराहा । मिर्चैया नगरपालिका-५ स्थित मोहोन माबि परीक्षा केन्द्रमा भाइको नाममा एसईई परीक्षा दिइरहेको अवस्थामा १९ वर्षीय अमनकुमार गोईतलाई आइतबार बिहान पक्राउ गरिएको छ ।

गोपाल सर्युग नायक जनता माबि भेडियाबाट परीक्षा दिन आएका कल्याणपुर नगरपालिका-५ बस्ने १७ वर्षीय आफ्नै भाइ पिकंकुमार गोहितको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले फेला पारी ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस