प्रधानमन्त्रीको चेतावनी : भ्रष्टचारको कहिँकतै गन्ध आए सहन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीको चेतावनी : भ्रष्टचारको कहिँकतै गन्ध आए सहन्न


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराए ।

आइतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए सैह्य नहुने चेतावनी दिए ।

कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिवी निवारण कोषका लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।

कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ । त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले जानकारी दिए ।

गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको सञ्चालन र त्यसमा रहेको कोषको परिचालन पनि स्थानीय तहले नै गर्ने कोषले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस