काठमाडौं । दोस्रो नेपाल आइडल तथा गायक रवि ओडले पहिलो गीत दर्शक स्रोता माझ बजारमा ल्याएका छन्।
उनले ‘मिठो बोलीले’ बोलको गीतको भिडियो शुक्रबार यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
हरि लम्सालको संगीत र संयोजन रहेको गीतलाई कृष्ण केसीले लेखेका हुन्।
गीतको भिडियोमा शिव बिकेको कोरियोग्राफी तथा निर्देशन रहेको छ। भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन्।
सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका हुन् भने रामेश्वर कार्की छायाँकार हुन्।
हेर्नुस् भिडियो सहित: