नागरिकता वितरण सम्बन्धी चित्रबहादुर केसीको गम्भीर आपत्ति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नागरिकता वितरण सम्बन्धी चित्रबहादुर केसीको गम्भीर आपत्ति


२४ चैत्र २०७५, आइतबार


काठमाडौं । नागरिकता वितरणमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गम्भीर आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका केसीले जन्मका आधारमा नागकिता प्राप्त गरेका व्यक्तिका सन्तानहरुलाई वंशजको नागरिकता दिनु भनेर जारी गरेको सूचना प्रति आपत्ति जनाएका हुन् ।

उनले एक वत्ततव्य जारी गर्दै नागरिकता ऐनमा संशोधन सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको बताएका छन् ।

उनले भने, ‘कैयौँ राष्ट्रघाती प्रावधानहरूका विरुद्ध देशव्यापी रूपमा नै आवाज उठिरहेको र आन्दोलन चलिरहेको छ । त्यो अवस्थामा त्यो विधेयकबारे संसदले निर्णय नगर्दै सरकारले त्यस प्रकारको सर्कुलर जारी गर्नु संसद समेतको अवहेलना र अपमान पनि हो ।’

उनले आफ्नो पार्टीले यो कार्यलाई रोक्न सरकारसाग जोडदार माग गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस