नमस्कार गर्यो मलाई देखेर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नमस्कार गर्यो मलाई देखेर


२३ चैत्र २०७५, शनिबार


नमस्ते गर्यो नमस्कार गर्यो मलाई देखेर
खुट्टा समाई सलाम गर्यो मलाई देखेर ।

त्यसपछि लाग्यो आफु त ठूलै रहेछु
जति बेला तारिफ गरियो मलाई हेरेर ।

सम्मान पाउनु होइन सधै रहिरहनु भन्छु
म त सबैलाई माईकमा मलाई सम्झेर ।

कानुन आउला कहिल्यै मेरो पनि देशमा
बहुमत आउछ हेर संसदमा मलाई रोजेर।

एकदिन मरेर जान्छु म पनि यहाँ।
त्यस पछि सोध्छौ को हो ? मलाई खोजेर।।

नमस्ते गर्यो नमस्कार गर्यो मलाई देखेर ।
खुट्टा समाई सलाम गर्यो मलाई देखेर ।।

 

प्रतिक्रिया दिनुहोस