त्रिभुवन विमानस्थलबाट चार देशको विदेशी मुद्रासहित एकै परिवारका पाँच नेपाली पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विमानस्थलबाट चार देशको विदेशी मुद्रासहित एकै परिवारका पाँच नेपाली पक्राउ


२३ चैत्र २०७५, शनिबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार देशको विदेशी मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ परेका छन् । दुई नाबालकसहित शुक्रबार दिउँसो १ः४५ बजे थाइ एयरबाट बैंकक जान लागेका एकै परिवारका पाँच नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकामा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा रहेको जनाइएको छ ।

काठमाडौं महानगरपालिका–७ मित्रपार्कका उनीहरु थाई एयरको फलाइट नं. टीजी३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जाँदै थिए ।

पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको छ ।

श्रेष्ठ त्रिभुवन विमानस्थलभित्रका व्यवसायी भएको बताइएको छ ।

पक्राउ परेका नाबालकसहित पाँचै जनालाई अहिले प्रहरीले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा राखेको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा बुझाउने तयारी सुरक्षा कार्यालयले गरे पनि नाबालकको हकमा के गर्ने भन्ने कानूनी जटिलता उत्पन्न भएको प्रहरी स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस