त्रिविको परीक्षाफाराम अनलाइन भर्न सकिने, ट्रान्सक्रिप्टमा तारा नलाग्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिविको परीक्षाफाराम अनलाइन भर्न सकिने, ट्रान्सक्रिप्टमा तारा नलाग्ने


२३ चैत्र २०७५, शनिबार


धर्म रूपान्तरण

काठमाडौं । त्रिविले स्नातक तहको परीक्षा फाराम अनलाइन प्रणलीबाट भर्नसकिने व्यवस्था गरेको छ । स्नातक तह प्रथम वर्षको परीक्षा फाराम आनलाइनबाट भर्ने व्यवस्था गर्ने निर्णय गरेको त्रिविले जनाएको छ ।

स्नातक पढीरहेका विद्यार्थी आफैले परीक्षा फाराम अनलाइन मार्फत भर्न सक्ने छन् । अनलाइन मार्फत भरेको परीक्षा फारामको प्रवेशपत्र आफैँ प्रिन्ट गरेर लिन सकिने छ ।

अनलाइन मार्फत भरेको फाराममा रहेको प्रवेशपत्र प्रिन्ट गरेर परीक्षामा सहभागी हन पाउने व्यवस्था गरिएको छ । प्रवेशपत्रसँगै फोटोसहितको रजिष्ट्रेन स्लिप अनिवार्य लैजानुपर्ने छ ।

त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) नराखिने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् । ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको हो ।

यस्तै, मार्कसिट पनि नयाँ वर्षदेखि लागू हुने गरी स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसले प्रिन्ट गरेर मार्कसिट दिने व्यवस्था गर्न त्रिविले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस