काठमाडौं महानगरपालिकाले हावाहुरी पीडितलाई २५ लाख सहयोग गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काठमाडौं महानगरपालिकाले हावाहुरी पीडितलाई २५ लाख सहयोग गर्ने


प्रशासन संवाददाता

२२ चैत्र २०७५, शुक्रबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एकदिनको तलब पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।

गत आइतबार रातीको हावाहुरीले बाराको फेटा गाउँपालिका र पर्साको पर्सौनी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो ।

वर्षातयामको पूर्वसन्ध्यामा हावाहुरीका कारण धेरैले आवास समेत गुमाएकाले राहत र उद्धारका लागि सहयोग गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस