महोत्तरीमा युवतीको शव फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महोत्तरीमा युवतीको शव फेला


प्रशासन संवाददाता

२२ चैत्र २०७५, शुक्रबार


बर्दिवास । महोत्तरीको सोनमा गाउँपालिकामा एक युवतीको शव फेला परेको छ ।

सोनमा गाउँपालिका-२ सिंहासनीस्थित एक खेतमा युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

अन्दाजी २१ वर्षकी ती युवतीको शव फेला परेको र कसैले हत्या गरेको हुनसक्ने प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए ।

युवतीको सनाखत हुन बाँकी छ । घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक आचार्यले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस