सुनको भाउ आज कति पुग्यो ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको भाउ आज कति पुग्यो ?


२१ चैत्र २०७५, बिहिबार


काठमाडौं । नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको (बुधबार) भन्दा एक सय रुपैयाँले कम हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन भने प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस