बाराका आँधीपीडितलाई भक्तपुरबाट सहयोग प्रदान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाराका आँधीपीडितलाई भक्तपुरबाट सहयोग प्रदान


२१ चैत्र २०७५, बिहिबार


भक्तपुर । यही चैत १७ गते बेलुका बारा जिल्लामा आएको विनाशकारी आँधीबेहरीबाट प्रभावित पीडित बासिन्दालाई भक्तपुरका समाजसेवी एवं व्यवसायीले राहत वितरण गरेका छन् ।

प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको अगुवाइमा भक्तपुरका समाजसेवी विज्ञान राई, श्रीभक्त कासिछ्वा, इजीवे ट्रायर सेन्टरका निर्देशक निर्भयबाबु प्रसार्इं, स्थानीय व्यवसायी रोमन शिलाकार, राजेश चिकम्बन्जार, पूर्ण लिम्बू, नुनम सुुब्बा, प्रविण कुस्मा, यादव राईलगायतबाट रु चार लाख १० हजार रकम सङ्कलन गरिएको थियो ।

बारा पर्शुरामपुर पुगेर दाता श्रीभक्त कासिछ्वा र विज्ञान राईले बुधबार सङ्कलित रकमसहित विभिन्न राहत सामग्री पीडितलाई प्रदान गरेको राईले जानकारी दिए । रकमसहितको सामग्री युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेलमार्फत पीडितलाई वितरण गरिएको उनले जानकारी दिए।

सडक पुलमा सिसी क्यामरा जडान

सूर्यविनायक नगरपालिका र भक्तपुर नगरपालिकाको सिमानामा रहेको सूर्यविनायकमा रहेको कालाचा खोलामा बुधबार दुई सिसी क्यामरा र एक मोनिटर जडान गरिएको छ । अरनिको राजमार्गमै जोडिएको कालाचा खोलामा पटक–पटक सफा गर्दा पनि यहाँका बासिन्दा र भक्तपुर नगरपालिका क्षेत्रका बासिन्दाले फोहर फाल्ने गरेको भन्दै सिसी क्यामरा जडान गरिएको हो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री बस्नेतले खोला र अरनिको राजमार्गमा ठाउँ–ठाउँमा सिसी क्यामरा जडान गरिएकाले फोहर फाल्नेलाई अब नियन्त्रणमा लिएर कारवाही गर्ने बताए ।

उनले हनुमन्ते सरसफाइमा भक्तपुर नगरपालिकाले साथ नदिएको तर फोहर फाल्नेलाई कारवाही पनि नगर्दा सफाइ भइरहे पनि फोहर गर्ने क्रम बढेको बताए । सफा गर्न नसक्नेले अरुले सफा गरेको ठाउँमा फोहर गर्न नहुनेमा जोड दिँदै उनले कालाचा खोलामा अब फोहर फाल्नेलाई कडा कारवाही गरिने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी महासङ्घ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईँले सरसफाइ अभियान चलाएको एक वर्ष नाघिसक्दा पनि अझै सचेत नहुने र जथाभावी फोहर फाल्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । त्यस अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सफाइ अभियानलाई निरन्तरता दिने बताउँदै जथाभावी फोहर नफाल्न आग्रह गरे ।

हनुमन्ते सरसफाइ अभियानका अभियानकर्मीले कालाचा खोलामा पटकपटक सफाइ गरे पनि फोहर फाल्ने क्रम निरन्तर बढिरहेपछि फोहर फाल्नेलाई पक्राउ गरी आवश्यक कारवाही गर्न सिसी क्यामरा जडान गरिएको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष किरण थापाले जानकारी दिए। क्यामरा र मोनिटर ज्योति विकास सहकारी संस्थाको सहयोग जडान गरिएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस