प्रधानमन्त्रीसँग सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्रीसँग सातै प्रदेशका मूख्यमन्त्रीहरुको बैठक


२१ चैत्र २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मूख्यमन्त्रीहरुले आज विहान भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताए । ‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्छ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै प्रदेश नं १ का मूख्यमन्त्री शेरधन राईले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुदाको कार्यन्वयन तदारुकताका साथ गरिने बताए ।

प्रधानमन्त्री ओलीले आँधी पीडित बारा र पर्साका बासिन्दालाई राहात र पुनर्स्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस