काठमाडौं । एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । आरोपीहरुलाई पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय, सप्तरीले आज सार्वजनिक गर्न लागेको हो ।
आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सप्तरीप्रहरीले जनाएको छ ।
१४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो । त्यसको अध्ययन गर्न सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीकै संलग्नतामा किनबेच भएको पत्ता लागेको छ ।
लगातार दुई दिन प्रश्नपत्र आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को एसईई परीक्षाको नियमित तालिका स्थगित गरी पुनः परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ ।
नयाँ तालिका अनुसार प्रदेश २ मा यही चैत २२ गतेदेखि परीक्षा सुरु हुनेछ ।







