किन बिदासँग डराउँछन् कर्मचारी ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

किन बिदासँग डराउँछन् कर्मचारी ?


२१ चैत्र २०७५, बिहिबार


बीबीसी । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयको अनुसार सन् १९९३ देखि बिरामी बिदा लिनेहरुको संख्या कम भएको छ । सन् १९९३ मा औसतरुपमा एक कर्मचारीले वर्षमा ७.२ दिन बिरामी बिदा लिने गरेका थिए भने सन् २०१७ को तथ्यांक हेर्दा उक्त संख्या घटेर वर्षमा ४.२ दिन बिरामी बिदा लिने गरेका छन् ।

लन्डनस्थित इम्पेरियल कलेजको सरुवा रोग महामारी विभागका अनुसन्धान सहायक काइली एन्सलीका अनुसार यो घट्‍नुको कारण चिकित्सा क्षेत्रमा भएको सुधार होइन ।

विज्ञहरुका अनुसार कार्यक्षेत्रमा भइरहेको कार्यसंस्कृतिमा आएको परिवर्तनका कारण बिरामी बिदा लिनेको संख्यामा कमी आएको एक अध्ययनको निष्कर्ष छ । बिदा लियो भने आफ्नो हाकिम (बोस) ले आफूमाथि गरेको विश्‍वासमा कमी आउँछ भन्‍ने डरले बिरामी हुँदा पनि कार्यालय आउने कर्मचारीको संख्यामा वृद्धि भइरहेको छ।

उत्तरी गोलार्द्धमा डिसेम्बरदेखि फेब्रुअरीसम्म मौसमका कारण हुने संक्रमणले अत्यधिक बिरामी हुने भएकोले कार्यालय नआउने कर्मचारीको संख्यामा वृद्धि हुन्छ । वर्षको यो समयमा चिसो सुख्खा हावा का कारण विभिन्न सरुवा रोगका जीवाणुहरु फैलन अनुकुल मौसम हुन्छ ।

मौसमी फ्लु सुरु भएको दुई दिनमा कर्मचारीले बिदा लिनु उपयुक्त मानिन्छ । यसबेला भाइरस फैलने दर उच्च हुन्छ । जसका कारण संक्रमित व्यक्तिले विदा लिनु अन्य कार्यालयका सहकर्मीका लागि पनि उपयुक्त मानिन्छ ।

तर, युके बीमा प्रदायक संस्था एएक्सए पीपीपीले सन् २०१५ मा सर्वेक्षणअनुसार ४० प्रतिशत कर्मचारीले आफू बिरामी बिदा बसेको सत्य खबर आफ्नो हाकिमलाई बताउँदैनन् । बिरामी बिदा बस्‍यो भनेर ठगेको पो हो कि भन्‍ने भ्रम हाकिमलाई पर्छ भन्‍ने मनसायले अधिकांश बिरामी बिदा लिएका कर्मचारीले बिदाको यथार्थ कारण लुकाउने गरेका छन् ।

तर, कतिपय व्यक्तिहरुको दुर्भाग्य यस्तो हुन्छ कि उनीहरुको हाकिमले काममा आउन दबाब दिइरहेका हुन्छन् । त्यस्ता कर्मचारीहरुले आफ्नो स्वास्थ्यसँगै कामको उत्पादकत्व र सहकर्मीको स्वास्थ्यको सुरक्षाका लागि हाकिमसँगको प्रभावकारी सञ्‍चारका माध्यबाट बिदाको समय मिलाउन जरूरी हुन्छ ।

तर, केही हाकिमहरुले कर्मचारी बिरामी हुनुलाई किन अपराध ठान्छन् ?

नविनतम प्रविधिले कार्यशैलीमा निकै ठूलो परिवर्तन ल्याएको छ। काम गर्ने शैलीमा नयाँ आयाम थपिदिएको छ । कार्यालय र कामको प्रकृति अनुसार काम पूरा गर्नका लागि कार्यालयमा नै उपस्थित हुन जरुरी नहुन पनि सक्छ । अधिकांश कर्मचारीहरु निर्धारित काम सम्पन्न गर्ने उपकरणका साथ हुन्छन् । जस्तो कम्प्युटर, वाइफाइको सहयोगले कार्यालय बाहिर रहँदा पनि उनीहरुले काम सम्पन्न गर्न सक्छन् ।

तर, हाकिमले आफ्नो निगरानीभन्दा बाहिर स्वतन्त्ररुपमा राखेर काममा लगाउँदा पनि कर्मचारीप्रति एक किसिमको अविश्वास पैदा हुन्छ । कर्मसियल रिसोर्स कम्पनी स्टाइल्स कर्पोर्सनका मानव संसाधन उपाध्यक्ष जर्ज बाउका अनुसार यस्तो प्रवृत्ति पुरानो पुस्तामा अधिक छ । घरमा बसेर पनि कर्मचारीलाई काम पूरा गर्न सक्छ भन्‍ने कुरा पुरानो पुस्ताले कहिल्यै स्वीकार्न नसक्ने जर्जको दाबी छ । अविश्वास र अत्यधिक उत्पादनको आशाले गर्दा कर्मचारी बिरामी भएर बिदामा बस्दा पनि शंकाको दृष्टिले हर्ने प्रवृत्तिलाई बढावा दिएको छ ।

एएक्सए पीपीपीको सर्वेक्षण अनुसार ४२ प्रतिशत कर्मचारी भाइरल फिभरले बिरामी बिदा बस्ने गरेको पाइएको छ भने ४० प्रतिशतभन्दा कम बिरामी भने कम्मरको दुखाई तथा सर्जरीका कारण बिरामी बिदा बस्ने गरेको पाइएको छ । मानसिक स्वास्थ्यसम्बन्धी बिरामी भएमा ३३ प्रतिशत कर्मचारीले मात्र आफ्नो हाकिमसँग बिदा बस्नुको सही कारण बताउँछन् भने स्वास्थ्यसम्बन्धी समस्याकारण बिदामा बसेका ७७ प्रतिशत कर्मचारीले सही कारण बताउने गरेको उक्त अध्ययनले देखाएको छ ।

तर, बिरामी हुँदा कर्मचारी कार्यालयमा उपस्थित हुनुको पछाडि हाकिमको दबाबमात्र छैन । अधिकांश जागिर केवल औपचारिक तथा पूर्णकालिन हुने गर्दथे तथा बदलिदो आधुनिक अर्थव्यवस्थासँगै अधिकांश जागि अस्थायी भएका छन् ।

एडिनबरा नेपियर विश्वविद्यालयका एसोसियट प्रोफेसर पीट रोबर्टसनले सन् २०१७ मा यस विषयमा लेखेका छन्, ‘काम अस्थायी, निश्चित समयका लागि, सिजनल, प्रोजेक्टमा आधारित वा निश्चित सहिमतिमा पनि हुनसक्छ ।’

यूएस ब्यूरो अफ लेवर स्टाटिक्सका अनुसार पछिल्लो दुई वर्षमा जागिर पाइने र छुट्ने क्रम बढिरहेको छ । यसरी जागिर छुट्‍ने डरले पनि कर्मचारीहरु बिरामी हुँदा पनि कार्यालयमा उपस्थित हुने गरेका छन् । बिरामी हुँदा पनि कार्यालयमा उपस्थित हुने यस्तो अभ्यासलाई ‘प्रिजेन्टीजम’ भन्‍ने गरिन्छ ।

‘प्रिजेन्टीजम’ का समस्या

चार्टड इन्स्टिच्युट अफ पर्सनल डेभलप्मेन्टका अनुसार एक दशक यता ‘प्रिजेन्टीजम’ तीन गुणा बढेको छ । सन् २०१८ मा एक हजार सहभागीहरुमा गरेको अध्ययन अनुसार ८६ प्रतिशतहरुले कार्यालयमा ‘प्रिजेन्टीजम्’ को समस्या भएको दाबी गरेका छन् । तर, सन् २०१० मा नै यो समस्या २६ प्रतिशतमात्र थियो ।

‘हाकिमले बिरामी कर्मचारीको अवस्था बुझ्ने कोशिस नै गर्दैनन् । यसकारण कर्मचारीले पनि आफू बिरामी भएको र बिदा बस्‍न चाहेको विषय हाकिमसँग भन्‍न डराउँछन्’ एएक्सए पीपीपीका साना तथा मझौला उद्योगीका निर्देशक ग्लिन पार्किन्सन् भन्छन्, ‘हाकिमले आफ्ना कर्मचारीप्रति विश्वास गर्नुपर्छ र बिरामी भएको वा आराम भएको विषयमा जानकारी लिनुका साथै घरबाटै काम गर्ने छुट दिनुपर्दछ’

कुनै पनि कम्पनीका लागि कर्मचारीको ‘प्रिजेन्टीजम’ लाई छुट दिनु तयार रहन्छन् । तर, बिरामी कर्मचारीलाई बिदा दिन भने तयार हुँदैनन् । मानसिक स्वास्थ्य समस्या तथा अन्य खालका बिरामीहरुलाई पनि सुरूवातका दिनमा नै बिदा मिल्यो भने सन्चो हुन कम समय लाग्नसक्छ ।

पिटर्सबर्ग विश्वविद्यालयले सन् २०१३ मा गरेको एक अध्ययनअनुसार बिरामी कर्मचारी कार्यालयमा उपस्थित हुँदा अन्य कर्मचारीलाई पनि रोग सर्नेसक्ने जोखिम ४० प्रतिशत हुन्छ । अनुसन्धानकर्ताले यस सम्बन्धमा एलिघनी काउन्टी, पेन्सलभानियाका पाँच लाखभन्दा बढी व्यक्तिहरुको तथ्यांकको अध्ययन गरेको थियो । जसको परिणामस्वरुप ६६ हजार (११.५ प्रतिशत) कर्मचारीहरु बिरामी भएको पाइयो । कार्यक्षेत्रमा बिरामी कर्मचारीबाट भाइरल सरेको कारण उनीहरु बिरामी भएको पाइएको हो।

अध्ययनको महत्वपूर्ण उपलब्धि भनेको भाइरल फिभर भएको एक वा दुई दिन बिरामी कर्मचारीले बिदा बस्‍ने हो भने अन्य कर्मचारीलाई भाइरल हुने संख्यामा कमी आउछ । अध्ययनका अनुसार भाइरल बिरामी कर्मचारी यदी एक दिन बिदामा बस्‍ने हो भने १७ हजार कर्मचारी (२५ प्रतिशत) भाइरल हुनबाट जोगिन्छन् भने दुई दिन विदामा बस्दा २६ हजार ९४० प्रतिशत० कर्मचारी भाइरलको संक्रमणबाट जोगिन्छन् ।

‘प्रिजेन्टीजम्’ को संस्कृतिलाई तोड्न सक्‍ने हो भने दीर्घकालिन रुपमा कार्यक्षेत्रलाई स्वस्थ राख्‍न सकिन्छ । जुन कम्पनीमा बिरामी हुँदा सहजै विदा बस्‍न मिल्‍ने औपचारिक नियम बनाइएको छैन त्यहाँ कर्मचारीले बिरामी हुँदा बिदा लिने अरु तरिका अपनाउनुपर्ने हुनसक्छ । जसले गर्दा दैनिक काममा बाधा उत्पन्न हुन्छ ।

इमान्दारीताको नीति

विज्ञहरुको सुझावमा जुन कर्मचारीले आफ्नो बिरामको बारेमा जतिसक्दो चाँडो हाकिमलाई भन्छ त्यति नै फाइदाजनक हुन्छ । बिरामी हुनेवित्तिकै यसको जानकारी आफ्नो हाकिमलाई दियो भने दुवैतर्फ सम्मान बढ्‍नुका साथै बिदामा बस्‍ने कर्मचारीको अनुपस्थितिमा काममा बाधा नआउने गरी काममको चाजोपाँजो सजिलै मिलाउन सक्‍ने समय पनि रहन्छ ।  माथि उल्लेख गरिएका सबै समस्याको उत्कृष्ट समाधान भनेको इमान्दार बन्‍नु नै हो ।

‘उपयुक्त उपया भनेको कम्पनीका नीति र प्रक्रियाको पालना नै हो, पिटर्सवर्गस्थित एक स्वास्थ्य सेवा कम्पनीका विशेषज्ञ मार्क मार्सेन भन्छन्, झुटो बोल्नु र अनावश्यक बढाईचढाई गरेर बोल्नु सबभन्दा गलत तरिका हो ।‘

मार्सेनका अनुसार दुई प्रकारका हाकिम (बोस) हुन्छन् । पहिलो किसिमका हाकिहरुको के विश्वास गर्छन् भने कर्मचारीहरु काम गर्दैनन् त्यस कारण कडा नियम बनाएर उनीहरुलाई नियममा बाँध्नुपर्छ । यस्ता हाकिमहरु जुनसुकै कर्मचारीका विषयमा पनि नकारात्मक सोंच राख्छन् । विशेष गरी जब कर्मचारीले बिरामी बिदाको अपिल गर्छ यस्ता हाकिमहरुले कर्मचारीले कार्यालयबाट बाहिरिने बहाना खोजेको हो भन्ने मान्छन् ।

दोस्रो किसिमका हाकिमहरुले आफ्ना कर्मचारीप्रति विश्वास गर्छन र एक मान्यता स्थापित गरेका हुन्छन् । ‘यस्ता हाकिमहरुले कर्मचारी स्वयं जिम्मेवार र विश्वसनीय बनाउने संस्कृतिको विकास गर्नतर्फ केन्द्रित हुन्छन्’ मार्सेन भन्छन् ।

यसको अर्थ बिरामी हुँदा पूर्णरुपमा बिदामा बस्न‍े । जसले गर्दा अन्य सहकर्मीहरुलाई पनि बिरामी हुँदा सहजै हाकिमसँग आफ्नो समस्या राख्न सक्ने बानीको विकास हुँदै जान्छ । यस्तो अवस्थामा बिरामी विदामा भएको कर्मचारीलाई कामका विषयमा सोधपुछ गर्नुहुँदैन कुनै विशेष अवस्थामा बाहेक ।

यसको समाधानका लागि दुबैतर्फबाट सन्तुलित व्यवहारका लागि पहल गर्नुपर्दछ । हाकिम र कर्मचारी दुबैले एकअर्काको जीम्मेवारी र भलाईका विषयमा सोच्नुपर्दछ । ‘प्रिजेन्टीजम’ को संस्कारलाई हटाउनुपर्दछ । ‘हाकिम जहिले पनि सहानुभूति राख्‍ने र समझदार हुनुपर्दछू, बोउ भन्छन्, ‘इमान्दारीता र एकअर्काप्रतिको सद्भावबाहेक अन्य कुनै पनि कुराले हाकिम र कर्मचारीकाबीच असल र उत्कृष्ट सम्बन्ध बनाउन सक्दैन ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस