बारको मतगणना अन्तिमचरणमा, अध्यक्षमा प्रगतिशील समूहको अग्रता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बारको मतगणना अन्तिमचरणमा, अध्यक्षमा प्रगतिशील समूहको अग्रता


२१ चैत्र २०७५, बिहिबार


काठमाडौं । नेपाल बार एशोसिएशनको मत गणना अन्तिमचरणमा पुगेको छ । अगामी नेतृत्वको लागि भइरहेको मतगणनामा प्रगतिशील समूहबाट अध्यक्षका प्रत्याशि चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् ।

लोकतान्त्रिक समूहका प्रत्याशि सुनील पोखरेल मंगलबारको गणना सकिदा श्रेष्ठभन्दा ७८ मतले अगाडी थिए । बुधबार काठमाडौंको गणना सुरु हुँदा पोखरेल श्रेष्ठभन्दा ७० मतले पछाडि परेका छन् ।

त्यस्तै, महासचिव पदमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलको अग्रता छ । उनको दुई हजार ४५४ मत रहेको छ । प्रतिद्वन्दी प्रगतिशील, पेसागत तथा समावेशी समूहका सुरेन्द्र बहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गरेका छन् । महासचिव पदकै स्वतन्त्र उम्मेदवार डाक्टर रामहरि त्रिपाठीको ८९ मत छ ।

मत गणना बिहिबार बेलुकी सम्म सकिने बताइएको छ । काठमाडौं जिल्ला अदालत र बार एशोसिएशन परिसर गरी दुई स्थलको छवटा मतपेटिकाको दुई हजार ५८५ मत गणना गर्न बाँकी छ ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वको लागि चैत १६ गते मतदान भएको थियो । ११ पदाधिकारीसहित २५ सदस्यीय समितिको लागि ६३ जनाले उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस