सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द गर्ने


२० चैत्र २०७५, बुधबार


काठमाडौं । कर्मचारी समायोजन सूची सरकारी चिकित्सक संघको सहमति विपरित भएको भन्दै आउने शुक्रबारदेखि देशभरको ओपिडी सेवा बन्द गर्ने भएका छन् ।

कर्मचारी समायोजन अध्यादेश २०७५ मा आफूहरुलाई संघ अन्तगर्त राख्नुपर्ने माग गर्दै आएको सरकारी चिकित्सक संघले सरकारसँग भएको सहमतिअनुसार नभएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सरकारी चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने माग गर्दै आएको सरकारी चिकित्सक संघले सरकार र संघबीच भएको सहमति विपरित निर्णय भएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघको आज भएको बृहत छलफलबाट चैत्र २२ देखि देशभरका ओपिडी सेवा बन्द गर्ने निर्णय भएको अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले बताए ।

संघले देशभरको चिकित्सकलाई संघ अन्तर्गत राख्नुपर्ने भन्दै गत पुष २२ देखि आन्दोलन सुरु गरेको थियो । सरकारसँग पटक–पटक भएको वार्तामा चिकित्सकको भनाईअनुसार समायोजन हुने आश्वासन दिइएको भएपनि अहिले समायोजन सूची भने सहमतिअनुसार नभएको भन्दै चिकित्सकले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

माग सम्बोधन नभएसम्म शुक्रबारदेखि देशभरको सरकारी स्वास्थ्य संस्थाको ओपिडी सेवा गर्ने संघको निर्णय रहेको छ ।

सबै चिकित्सकलाई संघअन्तर्गत राखेर देशभर सेवामा खटाउनुपर्ने माग रहेको छ । यस्तै कर्णाली र सूदुरपश्चिम प्रदेशमा १२ देखी १५ मात्रै चिकित्सकलाई संघ अन्तर्गत राखेको र प्रदेश २ र ३ नम्बरमा संघ अन्तर्गत सयभन्दा धेरै चिकित्सक परेको भन्दै असमान समायोजन भएको भन्दै चिकित्सकहरुले विरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस