भिजिट भिषामा वैदेशिक रोजगारको लागि पठाउने भनी ठगी गर्ने महिला पक्राउ - प्रशासन प्रशासन
prasaLogo
२० चैत्र २०७५, बुधबार

भिजिट भिषामा वैदेशिक रोजगारको लागि पठाउने भनी ठगी गर्ने महिला पक्राउ


प्रकाशित मिति : 3 April, 2019 5:57 pm

पक्राउ

काठमाडौं । भिजिट भिषामा वैदेशिक रोजगारको लागि मानिस पठाउने भनि बिश्वास दिलाई रकम ठगी गर्ने काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने भोजपुर हतुवागढी गाउँपालिका-९ की ३४ वर्षीया बिमला थापालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले गौशालाबाट सोमबार पक्राउ गरेको छ ।

काठमाडौंको पिंगलास्थानस्थित कम्पास रिक्रुटमेण्ट मेनपावर कम्पनीमा काम गर्ने बिमलाले धनुषा मिथिला बिहारी गरपालिका-२ बस्ने मोहम्मद राईन र सोही ठाउँ बस्ने सबिर राईनलाई वर्किङ भिषामा दुबई पठाई दिने भनि बिश्वास दिलाई ४ लाख ४० हजार रुपैयाँ लिएर चैत ११ गते अन्तर्राष्ट्रिय बिमानस्थल बोलाई दुबई पठाउन लागेकोमा अध्यागमन बिभागले उनीहरुलाई फिर्ता गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस