अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए


२० चैत्र २०७५, बुधबार


अफगानिस्तान । अफगानिस्तानको उत्तरी क्षेत्र बादखसानमा र पूर्वी आचिन प्रान्तमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा १७ जना मारिएका छन् ।

त्यस क्षेत्रमा केही समययतादेखि तालिबानका विरुद्ध खोजी अभियान सञ्चालन भइरहेको अफगान सेनाले जनाएको छ ।

बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १२ जना तालिबान मारिएका उक्त प्रान्तका सैनिक प्रवक्ता अब्दुल हादी जमालले जानकारी दिएका छन् ।

सो कारबाहीमा मारिएकामा दुई जना विदेशी नागरिक पनि परेका छन् । उनीहरु तालिबान समूहमा संलग्न हुन् या हैनन् भन्ने बारेमा भने अहिले नै केही नखुलेको सैनिक प्रवक्ताको भनाई छ ।

त्यस कारबाहीमा परी १० जना तालिबान लडाकू र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

यसैगरी अफगानिस्तानको पूर्वी आचिन प्रान्तमा रहेका भनिएका आइएस समूहका लडाकू विरुद्ध भएको हवाई कारबाहीमा परी सो समूहका पाँच जना मारिएका छन् ।

उक्त क्षेत्रमा आइएस अतिवादीका क्रियाकलाप बृद्धि भएको समाचारका आधारमा सेनाले ड्रोनबाट हवाई कारबाही गरेको थियो । त्यस क्रममा अरु पनि कैयौँ लडाकू घाइते भएका समाचारमा उल्लेख गरिएको छ ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको आचिन जिल्लामा सो कारबाही गरिएको थियो । नान्गाहार प्रान्तका प्रान्तीय प्रमुखको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।रासस/सिन्हा

प्रतिक्रिया दिनुहोस