पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिन विकास परिषदको बैठक सुरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रुप दिन विकास परिषदको बैठक सुरू


२० चैत्र २०७५, बुधबार


काठमाडौं । पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिमरुप दिन विकास परिषदको बैठक सुरु भएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन सोचसहितको आधारपत्रलाई अन्तिमरुप दिन बुधबारदेखि बैठक सुरु भएको हो ।

बैठक बिहान १० बजेदेखि होटल सोल्टीमा सुरु भएको छ । बैठकमा प्राप्त सुझावसहित आधारपत्रलाई अन्तिमरुप दिएर मन्त्रिपरिषदमा पठाइने बताइएको छ ।

आधारपत्रको रणनीति ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने छ ।

बैठकमा तीनै तहका उच्च सरकारी अधिकारीहरुसमेत सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस