विमानस्थल स्तरोन्नतिको काम औपचारिकरुपमा सुरू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विमानस्थल स्तरोन्नतिको काम औपचारिकरुपमा सुरू


२० चैत्र २०७५, बुधबार


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम आजबाट औपचारिक रुपमा सुरू भएको छ । धावनमार्ग (रन वे)सहित ‘ट्याक्सी वे’ को स्तरोन्नति आजदेखि सुरू गरिएको हो ।

विमानस्थलको पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको छ ।

स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने भएकाले दैनिक १० घण्टा उडान बन्द हुने जनाइएको छ ।

यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस