नेपाल म्यानमारसँग प्रतिस्प्रधा गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल म्यानमारसँग प्रतिस्प्रधा गर्दै


२० चैत्र २०७५, बुधबार


काठमाडौं । आज नेपाल म्यानमार सँग प्रतिस्प्रधा गर्दैछ । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा मन्दलर थिरी रंगशालामा म्यानमारसँग नेपालको खेल हुने छ ।

यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १–१ गोलको बराबरी खेलेको थियो ।

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् ।

दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्ने छ । छनोटको अन्तिम खेलमा इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तो छ नेपाली टिम :

गोलकिपर : एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर :अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल

प्रतिक्रिया दिनुहोस