सुरक्षासँगै सहयोग पनि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुरक्षासँगै सहयोग पनि


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७५, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । गस्ती टोलीमा खटिएको नेपाल प्रहरीको एक टोलीले नशा सम्बन्धी रोगबाट पीडित एक वृद्धलाई आर्थिक सहयोग गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको त्रिवेणी नगरपालिका ८ गिरीवाडा बस्ने ७४ वर्षीय हुणे गिरीलाई एक हजार पाँच सय रुपैयाँ प्रदान गरेको हो ।

गिरी विगत दुई वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित भएको सहभागी प्रहरी अधिकारीले बताएका छन् ।

वस्तुस्थिति बुझ्न गाउँमा गस्ती जानेक्रममा बाटो छेउमा केरा बेच्न बसेका बिरामी अवस्थाका वृद्धको अवस्था देखेर थोरबहुत सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताए

‘दुवै हात थरर काम्दै कामी रहेका थिए’, भाटले भने, ‘के भएको भन्दा दुई वर्षदेखि बिरामी भएको बताएपछि टोलीमा रहेका ८ जना प्रहरी अधिकारीहरूले एक सय देखि पाँच सयसम्म उठाएर सानो सहयोग गरेका हौँ ।’

उक्त रकम ठुलो नभएपनि दुर्गम गाउँका गरिब नागरिकका लागि भने केही राहत हुने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस