सिभिल इन्जिनियरिङतर्फका १२२३ कर्मचारीको समायोजन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिभिल इन्जिनियरिङतर्फका १२२३ कर्मचारीको समायोजन


प्रशासन विशेष ब्युरो

१७ चैत्र २०७५, आइतबार


समायोजन

काठमाडौँ । सरकारले नेपाल सिभिल इन्जिनियरिङ तर्फका एक हजार दुई सय २३ जना कर्मचारीको समायोजन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आइतबार प्रकाशित गरेका सूची अनुसार विभिन्न मितिमा भएको निर्णयअनुसार नेपाल सिभिल इन्जिनियरिङ सेवा तर्फका ईरिगेशन, हाइवे र स्यानिटरी उपसमूहका कर्मचारीको समायोजन गरेको हो ।

जसमध्ये इरिगेसन र स्यानीतर्फ राजपत्राँकित तृतीय श्रेणीका तीन सय ७२ गरी सात सय ४४ जना र हाइवेतर्फ राजपत्र अनंकित प्रथम श्रेणीका चार सय ७९ जना कर्मचारीको समायोजन गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया टुंगियो भनेर पत्रकार सम्मेलन गरी जानकारी गराएको चार दिन पछि उक्त सूची सार्वजनिक गरेको हो । स्वास्थ्यका २७ हजार बढी कर्मचारीलगायत अन्य सेवा, समूहका कर्मचारीको अझै बाँकी छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस